नेपालमा पनि अब एलियनको कथामा आधारित चलचित्र निर्माण हुने भएको छ । फिल्मको नाम ‘एलियन्स’ राखिएको छ।
बलिउड, हलिउडमा उक्त कथामा बनेका फिल्मले बक्सअफिसमा राम्रो क लेक्सन गरेका छन् । अब नेपालमा पनि एलियनको कथामा फिल्म निर्माण हुने भएको छ ।
लोकनाथ गौतमले निर्देशन गर्ने फिल्मको यतिबेला स्क्रिप्ट र लोकेशन हेर्ने काम भइरहेको छ ।
एलियनको कथा भएका कारण अधिकांश दृश्य एनिमेशन र भिएफएक्स गर्नुपर्ने भएकाले फिल्मको लागत खर्च अत्याधिक हुने निर्देशक गौतमले जानकारी दिए । एलियनको बारे २ वर्षको रिसर्च पश्चात् फिल्म निर्माण गर्न लागिएको हो ।
नेपाली फिल्म पनि स्तरिय बन्नु पर्ने र नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यका साथ उक्त महत्वकांक्षी फिल्म निर्माण गर्ने आँट गरेको निर्देशकले बताए । उच्च मेकिङका लागि भारतबाट प्राविधिक ल्याउने तयारी भइरहेको छ ।


















