चितवनमा गोली चल्योे

135

भरतपुरमा केन्द्रीय वस टर्मिलन चोकमा मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ । अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने महानगरपालिकाको निर्णयको विरुद्धमा मजदुर आन्दोलनमा उत्रिएका हुन् ।

झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारेका आन्दोलनकारीहरुले एक घण्टा बन्दसहित चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।

झडपमा दुई जना प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारीहरु घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरका अनुसार जर्वजस्ती राजमार्ग बन्द गरेर आवागमन प्रभावित गरेपछि खुलाउने क्रममा झडप भएको हो । उनीहरुले एकघण्टा राजमार्ग समेत बन्द गराएका थिए ।

बन्द राजमार्ग खुलाउन नमान्दा प्रहरीले नियन्त्रणमा लिने खोजेको तर प्रहरीकै कार्यालयमा आगो लगाउन खोजेपछि बल प्रयोग गरिएको एसपी राठौरले जनाए । केही आन्दोलनकारीहरुलाई पक्राउसमेत परेका छन् ।

भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो ।

मजदुरहरुले राजमार्गमा गुड्न पाउनुपर्ने अडान नछाडेपछि सहमति नभएको हो । महानगरले सवारी चाप अघिक भएको र दुर्घटना बढाएको भन्दै राजमार्गमा कुनैपनि हालतमा गुड्न नदिने जनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here