चलचित्र ‘नाई न भन्नु ल ५’ को पहिलो शीर्ष गीत सार्वजनिक

332

भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई न भन्नु ल ५’ को पहिलो गीत सार्वजनिक भएको छ ।

मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको सार्वजनिक गीतमा मेलिना राईको स्वर रहेको छ । गीतमा वसन्त सापकोटाको सङ्गीत रहेको छ भने शब्द दिनेश थपलियाको रहेको छ ।

भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने चलचित्रका मुख्य कलाकारद्धय स्वस्तिमा खड्का र अभिषेक नेपाल फिचर छन् ।

चलचित्रमा स्वस्तिमा र अभिषेकको साथमा अनुभव रेग्मी, सेड्रीना शर्मा, प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दिलीप रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई विकास राज आचार्यले निर्देशन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here