एटिएम बन्द भएका १८ बैंक (सूचिसहित)

336

काठमाडौं / काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएम नचलेपछि नागरिकहरु मर्कामा परेका छन् ।

नेप्स नामक संस्थामा आबद्ध भएका बैंकहरुको सर्भर ह्याक भएको हो । सोही सफ्ट कम्पनीले कार्ड बिक्री पश्चात एक्सेस दिएको सिष्टम ह्याक भएको प्रारम्भिक अनुमान छ ।

नेप्सका एक अधिकारीका अनुसार सो संस्थामा आबद्ध सबै बैंक तथा वित्तीय संस्थाको सिष्टम ह्याक भएको थियो ।
नेप्समा आबद्ध सिष्टम ह्याक भएका बैंकहरु :
१) प्रभु बैंक,
२) सनराईज बैंक,
३) माछापुच्छ्रे बैंक,
४) जनता बैंक,
५) सिद्धार्थ बैंक,
६) सिटिजन्स बैंक,
७) एनआईसी एसिया बैंक,
८) बैंक अफ काठमाडौं,
९) प्राईम बैंक,
१०) नेपाल बंगलादेश बैंक
११) ग्लोबल आईएमई बैंक
१२) लुम्बिनी विकास बैंक
१३) एक्सेल विकास बैंक
१४) सांग्रिला विकास बैंक
१५) देव विकास बैंक
१६) ज्योति विकास बैंक
१७) ओम डेभलपमेन्ट बैंक
१८) शाइन रेसुंगा विकास बैंक

उल्लेखित ११ वटा बाणिज्य बैंक तथा सात वटा विकास बैंकले नेप्सकै सर्भरबाट एटिएम कार्डको होस्टिम तथा डाउन लिङ सेवा लिँदै आएका थिए । उल्लेखि बैंकहरुको सिष्टम ह्याक भएको हो । यद्यपि सर्वसधारणको खाताबाट रकम चोरिएको हो होइन भन्ने खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here