फिल्म ‘धडक’ हिरो ईशानले गुमाएका थिए ‘स्टूडेन्ट अफ द ईयर २’

235

अभिनेता ईशान खट्टर अहिले आफ्नो फिल्मका कारण चर्चामा छन् । फिल्म ‘धडक’ ले प्रदर्शनको पहिलो दिनदेखि घरेलू बजारमा सानदार कलेक्सन गरिरहेको छ ।

‘धडक’ फेम्ड ईशानको अभिनयलाई क्रिटिक्सले पनि तारिफ गरेका छन् ।

‘धडक’ सँगै ईशान, ‘स्टूडेन्ट अफ द ईयर २’ मा पनि रोल गर्ने तयारीमा थिए । तर, पछि उनी फिल्मबाट बाहिरिए ।

भारतिय मिडिया रिपोर्ट अनुसार, ‘स्टूडेन्ट अफ द ईयर २’ बाट डेब्यु गर्न लागेकी तारा सुतारियाको कारण ईशानलाई करणले फिल्मबाट हटाएका थिए,कारण थियो ईशान र ताराको रिलेशनसिप , जुन अहिले ब्रेकअप भइसकेको छ ।

स्टूडेन्ट अफ द ईयर २’ ताराको डेब्यू फिल्म हो । यसपटक करण जोहरका स्टूडेन्ट्स छन् टाइगर श्राफ, अनन्या पान्डे र तारा सुतारिया ।

‘ फिल्मसँगै तारा अहिले दिवंगत एक्टर विनोद मेहराका छोरा रोहन मेहरासँग उनको अहिले अफेयर चलिरहेको छ ।

ईशान अभिनित फिल्म ‘धडक’ ले बक्सअफिसमा ४० करोडभन्दा बढीको कलेक्सन गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here