सिंगापुरले टस जित्यो, नेपाल फिल्डिङ गर्दै

86

काठमाडौं– आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

आजको खेल विजेता टिम फाइनलमा पुग्छ र विश्वकपको ग्लोबल छनोटमा पर्दछ । सिंगापुर अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ ।

नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो । तर, त्यसपछिका खेलमा नेपालले मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here