नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ।
गत वैशाख २८ गते दुईदिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए। भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका कार्यकारी सरकार प्रमुख नै सहभागी हुने भएपछि मोदी पनि आउने भएका हुन्।
सदस्य राष्ट्रका कार्यकारी सरकार प्रमुखहरूको सहमतिमा सम्मेलनको मिति तय भएकाले सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुख सम्मेलनमा सहभागी हुने सम्भावना रहेको परराष्ट्र स्रोतले जनायो। स्रोतले भन्यो, ‘दुई देशबाट कार्यकारी सरकार प्रमुख सहभागी हुने जानकारी आइसकेको र अन्य देशबाट जानकारी आउने क्रममा रहेको छ।’ अन्नपूर्ण पोस्टबाट ।


















