नेकपाका अध्यक्ष ‘प्रचण्ड’को अभिब्यक्ति प्रति ग्रेटर नेपालका अध्यक्षको आपत्ति

556

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि दिन अघि दिएको अभिब्यक्ति प्रति ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले असन्तुट व्यक्त गर्नुभएको छ । नेकपाका अध्यक्ष प्रचण्डले भारतको सहयोगबिना नेपालले समृद्धिको पाइला चाल्नु असम्भव छ भन्नु भएको थियो ।

प्रचण्डको कुरालाई प्रतिवाद गर्दै अध्यक्ष नेपालले यो सरासर झूट कुरा भएको जनाउनु भएको छ । उहाले भन्नु भयो– “सही कुरा के हो भने नेपालको समृद्धि रोक्नु नै भारतको एकमात्र रणनीति हो । भारत सधैंभरि नेपाललाई राजनीतिक रूपमा अस्थिर र आर्थिक रूपमा जर्जर देख्न चाहन्छ । भारतीय नेतृत्व नेपाली युवालाई भारतभित्र कुल्ली , दरबान र बढीमा गोर्खा जबानका रूपमा हेर्न चाहन्छ । नेपाल समृद्ध भएपछि भारतले यो जनशक्ति पाउँदैन ।

 

नेपालको भविष्यको समृद्धिलाई भारतको उपहार ठान्ने भूल कसैले पनि नगर्न उहाँको अनुरोध छ । हामीले चाहे आफैँ समृद्ध हुन सक्छौँ, हामी आफैले गर्न सक्ने समृद्धिलाई १००५ मान्दा पारवहनका कारण भारतले त्यसमा २५५ सम्म तलमाथि गर्न सक्ला । त्यस्तै भारतलाई नेपालको समृद्धिको योजनाको जिम्मेवारी नदिएसम्म उसले नेपालको विकास गर्नै दिँदैन भन्नु भारतलाई नेपालको सूक्ष्म व्यवस्थापन गर्न उक्साउनु हो भन्ने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here