नेदरल्याण्ड्सलाई उसकै भूमिमा हराएर फर्किए नेपाली राष्ट्रिय क्रिकेट टोली

231

काठमाडौं/ नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हासिल गर्दै सोमबार बिहान नेपाल फर्किएको छ । नेपालले नेदरल्याण्ड्सलाई उसकै भूमिमा हराएर फर्किएको हो ।

सोमबार बिहान जेट एयरवेजमार्फत नेपाली टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेदरल्याण्ड्समाथि दोस्रो तथा अन्तिम खेलमा एक रनको सनसनीपूर्ण जित हासिल गरेसंगै नेपालले कीर्तिमानी जित हात पारेको थियो ।

विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै कप्तान पारस खड्काले राम्रो उपलब्धि हासिल गरेको प्रतिक्रिया दिएका छन् । उनले जतिसक्यो खेलहरु खेल्ने र त्यसले उत्साह बढाउने जनाए ।

उनले अब एसिया कप छनोटका लागि झन् चुनौतीपूर्ण भएको जनाए । उनले एसिया कपमा छनोट हुन सके भारत र पाकिस्तानसंग खेल्न पाइने भएकाले थप मेहनत गर्नुपर्ने जनाए ।

एक दिवसीयका लागि नेपालले चार वर्षको मान्यता पाएको छ । खेलाडीहरुले यसको भरपूर प्रयोग गर्नुपर्ने जनाएका छन् ।

नेपाली टिम at tribhuvan internationalको लागि तस्बिर परिणाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here