काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट आफूले राजिनामा दिनुको कारण खुलासा गरेका छन् ।
उनले आफूले बाध्यतामा राजीनामा दिएको नभई प्रसन्नतापूर्वक पार्टी र देशको पक्षमा काम गर्नका लागि प्रवक्ता पद छोड्न उपयुक्त हुन्छ र सायद नेतृत्वलाई पनि यसो गर्दा सहज र उपयुक्त वातावरणको निर्माण हुन्छ भन्ने ठानेर राजीनामा दिएको स्पष्ट पारेका छन् ।
‘अध्यक्षद्धय ओली र प्रचण्डको नेतृत्वमा नै नेकपा अगाडि बढ्छ भन्दै श्रेष्ठले नेतृत्वसँग बोलचाल बन्द भएको र विद्रोहको झण्डा उठाएको जस्ता कुरा सत्य नभएको पनि स्पष्ट पारेका छन् ।
श्रेष्ठले देशमा भइरहेको राजनीतिकरणप्रति असन्तुष्टि व्यक्त गर्दै अगाडि भने- ‘हरेक क्षेत्रमा अत्यधिक राजनीतिकरण छ,यो बढि नै भएको छ।कुनै व्यक्ति देशभक्त होस् वा क्षमतावान् होस् तर उ कुनै पार्टीप्रति वफादार छैन भने कुनै ठाउँमा उसले अवसरै पाउँदैन। हरेक पार्टीमा यो समस्या छ।’
कुनै न कुनै पार्टीको झण्डा बोकेर हरेक नागरिक समाज,वुद्धिजीवी लगायत साधारण जनताहरु हिडेका छन्। आफूले समर्थन गरेको पार्टीले गलत गर्दा पनि विरोध नगरेर उनीहरु ताली बजाउँछन्,यो देशको लागी एकदम घातक हुने श्रेष्ठले जनाए ।


















