प्रकाण्डहरुलाई आँखामा पट्टी लगाएर रातभर यातना दिइएको बयान

81

काठमाडौं/ गत मंगलबार बेलुका साढे ७ बजे तिर काठमाडौंको चोभारबाट प्रकाण्डसँगै पक्राउ परेका प्रकाण्डकै सहयोगी हरिसचन्द्र आचार्य ‘बिमर्श’ले आफूलाई प्रहरीले आँखामा पट्टी बाँधेर यातना दिएको बयान गरेका छन् । गिरफ्तार गरेलगत्तै आँखामा पट्टी बाँधेर अज्ञात स्थलतिर लगेर याताना दिएको उनले जनाएका छन् ।

प्रवक्ता कमरेड प्रकाण्डलाई प्रहरीले लामै समयदेखि पछ्याएको जस्तो देखिन्छ । उनले भने हामी गाडीमा आउदै थियौं । एक्कासी प्रहरीले गाडी रोकेर आफ्नो गाडीमा हामीलाई हतार हतार राख्यो र आँखामा पट्टी बाँधिदियो । आँखामा पट्टी बाँधेपछि हामीलाई कहाँ लिएर जाँदैछन हामिलाई केहि थहा भएन ।

बाधिएको आँखाको पट्टी बुधबार बिहान साढे ९ बजेसम्म खोलिएन । उनले भने राति कहाँ-कहाँ लगेर राखियो भन्नेबारे मलाई सम्झना नै छैन । प्रहरीले रातभर निक्कै निर्दयी तरीकाले कुट्यो की भनेर साध्य नै छैन । आँखामा पट्टी बाँधेको छ, खुट्टा, पिठ्यूँ र टाउकोमा पाइपले हिर्काएको छ रातभर । त्यो पाइपले पिटाई खाँदा त संकटकालको झझल्को झल्झली आयो ।

दुइ जना प्रहरीले पछि मलाई भुइँमामा लडाएर मेरो खुट्टादेखि टाउकोसम्म खचाखच टेक्यो । अहिलेसम्म त्यसरी प्रहरीको बुटले टेकेको शरीर थिलथिलो भएको महशुस भइरहेको छ ।

बिमर्शले आफू बिहान उठ्नै नसक्ने अवस्थामा भएको जनाए । उनले पछाडीपट्टि पिठ्यूँको हड्डी पुरै भाचिएला जस्तो भएर दखेको छ, छाती भित्रैसम्म दुखिरहेको छ भने ।

प्रहरीले पाइपले पिट्दै नेकपाका केही उच्च तहका नेताहरुको नाम लिस्ट हातमा लिएर उच्च तहका नेताहरुको नाम लिँदै यिनीहरु को-को हुन् रु कहाँ-कहाँ छन् ? केन्द्रीय समितिको बैठक कहाँ बसेको हो ? लगायतका बिषय सोधेर निकै मानसिक यातना दिएको जनाएका छन् । प्रहरीले खासगरी विषम, कन्चन, सुदर्शन, भनेका को हुन् भन्दै यातना दिएको बिमर्शले जनाए ।

बिमर्शले भने “मलाइ राती बेस्सरी यातना दिदा प्रहरीले राती नै मार्छ झैँ लागेको थियो । यति कुट्यो की म कसरी बयान गरु त्यसको कुनै सिमा नै छैन यो यातनाको बयान गर्ने कुनै सब्द नै पाइरहेको छैन । यो त हद भयो । फरक राजनितिक पार्टीसँग आस्था राखेकै भरमा यसरी चरम दमन गर्ने हो भने यसको परिणाम के होला रु तपाई आफै अनुमान गर्नुहोस् ‘”

यसैबीच विशेष अदालतले प्रवक्ता प्रकाण्डलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ प्रहरी परिसर टेकुमा राखिने भएको छ ।

प्रहरीले प्रवक्ता प्रकाण्डलाई जबरजस्ती चन्दा असुल गरेको सँगै गिरफ्तार भएको हरिचन्द्र आचार्य र मिनबहादुरलाई पनि सोही अभियोग लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here