गेम खेल्नका लागि चर्चित प्रियसीसँग ब्रेकअप

108

व्यावसायिक भिडियो गेम प्लेयरले ‘वल्र्ड सेक्सियस्ट वेदर गर्ल’ (मौसमको जानकारी दिने सबैभन्दा सेक्सी युवती) को उपाधि पाइसकेकी आफ्नी प्रेमिकालाई ब्रेकअप दिएका छन् ।

कल अफ ड्युटी नामको एक भिडियो गेम खेल्नकै लागि उनले प्रेमिकासँग सम्बन्ध तोडेका हुन् । युट्युब स्टार डौग्लास ‘फेज सेन्सर’ मार्टिनले एक भिडियोमार्फत खेलमा पूरा समय र ध्यान केन्द्रित गर्नका लागि आफूले यानेत ग्रासियालाई ब्रेकअप दिएको बताएका छन् । २३ वर्षे मार्टिनले एउटा १० मिनेटको भिडियो पोष्ट गर्दै मोडल र टेलिभिजन स्टारसँगको आफ्नो तीन वर्षे पुरानो सम्बन्ध तोडेको खुलासा गरेका छन् ।

‘यानेत र म बीच अब कुनै प्रकारको सम्बन्ध छैन,’ मार्टिनले भिडियोको सुरुमै भनेका छन् । उक्त भिडियोलाई अहिलेसम्म सात लाख ७० हजारले हेरिसकेका छन् । ‘यानेत उत्कृष्ट महिला हुन् । उनी निकै सुन्दर छिन्, स्मार्ट छिन् र उत्कृष्ट प्रेमिका थिइन्,’ उनले थपे ।

‘मैले यो भनिरहँदा तपाईंहरुलाई निकै अचम्म लाग्ला… मलाई जे ठिक लाग्छ, त्यो गर्छु ।’ मार्टिनका अनुसार तीन वर्ष अघि उनी मेक्सिकोबाट अमेरिका यानेतलाई नै भेट्न पुगेका थिए । त्यसपछि उनीहरु सम्बन्धमा रहे र एक वर्ष अघि न्यूयोर्कमा सँगै बस्न थाले । तर मार्टिनका अनुसार यानेतले मेक्सिको सिटीमा गएर आफ्नो पढाई पूरा गर्ने र वेदर गर्लको रुपमा आफ्नो काममा फिर्ता हुने सोच बनाएपछि सबै कुरा परिवर्तन भयो ।

‘मैले उनको निर्णयलाई समर्थन गरें,’ मार्टिनले भने, ‘उनी सुपरमोडल नायिका बन्न चाहन्छिन्, आफ्नो सपना पछ्याउ, जीवन निकै छोटो छ ।’ ‘म अब कल अफ ड्युटी फूल टाइम खेल्दैछु र उनी आफ्नो जागिरमा फिर्ता हुन चाहन्छिन् ।’ आफू अत्यधिक भिडियो गेम खेल्ने भएकाले अब टाढाको सम्बन्ध कायम राख्न उनका लागि निकै गाह्रो हुने जनाएका छन् । ‘पहिले उनलाई भेट्न जान निकै सजिलो थियो,’ उनले भने, ‘तर अहिले अनेकौं बन्धन छन् ।’

‘म अनुबन्धित छु । मैले यस्तो गर्न नचाहेको भन्न खोजेको होइन । तर मैले चाहेको करियर यहि नै हो ।’ ‘म विश्व च्याम्पियनशिप जित्न चाहन्छु । म कल अफ ड्युटी पूरा गर्न चाहन्छु । अहिलेका लागि यो नै मेरो जीवनको एउटै लक्ष्य हो किनभने मलाई यो निकै मनपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here