काठमाडौं/ भक्तपुरमा भएको प्रहरी इन्काउण्टरबारे गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारले छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निसान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानबिनको प्रतिवद्धता जनाएका हुन् ।
काठमाडौं काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्नको आरोपित गोपाल तामाङ र अजय तामाङलाई नियन्त्रणमा लिएर पछि इन्काउण्टर गरेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले छानबिनको तयारी गरेको हो ।


















