गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहका प्रवक्ता ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको जनाए ।
शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरुसंग कुराकानी गर्दै गृहमन्त्री बादलले प्रकाण्डले चन्दा आतंक मच्चाएको हुनाले पक्राउ गरिएको भन्दै उनको नाममा वारेन्ट जारी गरिएको पनि जानकारी गराए ।
गृहमन्त्री बादलले प्रकाण्डको हातमा हथकडी बादल गृहमन्त्री हुँदा लाग्यो भन्ने टिप्पणीहरु भइरहेको छ नि भन्ने प्रश्नमा जवाफ दिँदै भने, अपराधीलाई नियन्त्रण लिने क्रममा यस्ता घटना हुन्छन् ।’ ‘बादल गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो ।
नेकपा विप्लव लगायतसँग राजनीतिक संवाद पनि गर्ने र प्रशासनिक रुपमा नियन्त्रण गर्ने नीति लिएको उनले जनाए । राजनीतिक रुपमा समाधान खोज्न सरकारले सम्वादमा आउन आहृवान गरेको गृहमन्त्री बादलले जानकारी गराउनुभयो । तर, गृहमन्त्रालयतर्फबाट वार्ताको लागि पहल भएको हालसम्म सार्वजनिक भएको थिएन । वार्ताको निम्ति पहल नगर्दै एउटा राजनीतिक शक्तिलाई अपराधीको सज्ञां दिनु नितान्त अराजनीतिक भन्दै राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।


















