काठमाडौं । सिराहा, बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर टोल बस्ने ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब २० लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-११ त्रिमूर्ती चोक बस्ने सुरेश प्रसाद साहले आफ्नै घरमा संचालन गरेको राज हार्डवेयर पसलमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ३२ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















