प्रचण्ड भन्छनः विप्लवसँग सम्वाद गर्न तयार छौँ

153

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवसँग संवाद गर्न आफूहरु तयार रहेको बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानीमा उनले संवादबाटै समस्या समाधान गर्न सकिने बताएका हुन् ।

प्रचण्डले वामपन्थी सरकार सबैसँग सम्वाद, सहकार्य र सहमति गर्न तयार रहेको बताएका थिए । उनले सरकारको उद्देश्य  कसैलाई धरपकड गर्नु नभएको भन्दै संवादबाट समस्याको हल खोज्न सरकार तयार रहेको बताएका छन् ।

सरकारले केही दिन अघि मात्र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा लाई काठमाडौबाट गिरफ्तार गरेको छ । उनीसँग सरकारले विप्लवका अन्य नेता कार्यकर्ताहरुलाई समेत गिरफ्तार गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here