कन्डोम प्रयोग गरेर मदिरा उत्पादन

217

सुरक्षित यौनसम्पर्कका लागि भरपर्दो साधन हो कण्डम । अझ युवाहरूले यसलाई बढी प्रयोग गर्छन् । तर, कण्डमलाई मदिरा बनाउन प्रयोग गरिन्छ भन्दा तपाईलाई अचम्म लाग्छ । क्यारेबियन देश क्युबा मदिराका लागि प्रख्यात छ । क्युबामामा मदिरा बनाउन कण्डम प्रयोग हुने गरेको पाइएको छ ।

क्युबाको एक परिवारले मदिराको कच्चा पदार्थको रूपमा कण्डमलाई प्रयोग गर्छन् । क्युबाका ६५ वर्षीय ओरेटस एस्टभेजले मदिरा बनाउन थालेको धेरै वर्ष भइसक्यो । र, उनले मदिरा बनाउन कण्डम प्रयोग गर्छन् । ओरेटसका अनुसार फ्रुट मिक्सलाई फरक–फरक तरिकाको फ्लेभरको कण्डमले छोपेर फर्मेन्टेसन गरिन्छ । जसबाट एक प्रकारको ग्याँस उत्पन्न निस्कन्छ र कण्डम फुल्छ ।

कण्डम फुल्न बन्द भएपछि मदिरा तयार भएको बुझिन्छ । यसरी तयार भएका मदिराको टेस्टमा अब्बल हुने र महँगा हुने छ । उनका अनुसार यस्ता रक्सीहरू स्तरीय होटलमा पठाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here