ऐनामा हेरेर आफैसँग गरिन् बिहे !

137

अस्ट्रेलियाको गोल्ड कोस्टमा एक महिलाले आफैंलाई बिहे गरेकी छन् । लिन्डा डोकटर नामक यी महिलाले पीडादायी ब्रेकअपपछि यस्तो निर्णय गरेकी हुन् । उनले बिहेमा नीलो र पर्पल रंगको गाउन लगाएकी थिइन् ।

लिन्डाले हातमा ऐना राखेर बिहेको कसम पनि खाइन् । त्यसो त यो बिहे अघिल्लो वर्ष भएको थियो । लिन्डालाई आफैंसँग बिहे गर्ने प्रेरणा आफ्नो एक साथीबाट प्राप्त भयो । ती साथी बालीमा बस्छिन् र यसैगरी बिहे गरेकी थिइन् । तिनै साथीले आइतवार लिन्डाको बिहेको तस्वीर पोस्ट गरेपछि मानिसहरूले सामाजिक सञ्जालमा लिन्डाको प्रशंसा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here