पाँच वर्षभित्र मुलुकको स्वरुप फेरिन्छः प्रधानमन्त्री

213

लहान, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको बताएका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शनिबार आयोजित शहीद रामवृक्ष यादवको २४औँ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकको कायापलट गर्ने योजनाका साथ सरकार अघि बढेको छ, पाँच वर्षभित्र मुलुकको स्वरुप फेरिनेछ ।” उनले सङ्घर्ष होइन, मुलुकको गरिबी हटाउन र समृद्धिमा जुट्न सबैसँग आग्रहसमेत गरे ।

व्यावहारिकरुपमा मुलुकको गरिबी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा प्रदेश नं २ मा समृद्धिका हरेक उपायलाई अवलम्बन गरिने बताए ।

उनले प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, काठमाडौँ तराई दु्रतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कलकारखानाको स्थापनालगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारीसमेत दिए ।

प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनका लागि अब बिलम्व गर्न नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here