निमोनियबाट १० वर्षिया बालिकाको मृत्यु

383

काठमाडौं । खोटाङ जिल्ला रुपाकोट मजुवागडी वडा नं. ८ मा घर भएकी १० वर्षिया नविना गुरुङको स्क्रव टाइफस र निमोनियबाट मृत्यु भएको छ । उनको भदौ ३ गते काठमाडौंको बालमैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

केही दिन अघि ज्वरोको लक्षण देखा परेको थियो । औषधीले काम नगरे पछि बुवा नर बहादुर गुरुङले उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि ३ दिन राखेर कान्ति बाल अस्पताल काठमाडौमा पठाइएको थियो ।

बुवा गुरुङले भने –‘काठमाडौंमा रहेका साथीभाई र आफन्तको सल्लाहमा ओम हस्पिटलमा भर्ना गरियो । यहाँ पनि उपचार सम्भव भएन र अन्तिममा महाराजगञ्ज स्थित अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा ३ दिन सम्म आई.सि.यु.मा राखियो, त्यहाँ पनि उपचार सम्भव भएन । सानो गल्तिले छोरीलाई जति खर्च गरे पनि बचाउन सकिएन । पहिला पहिला पेट दुख्यो भन्ने गर्थी पानी नपिएर होला भनिन्थ्यो तर आज यो अवस्था भयो।’

उनले बालबालिकाहरुमा देखा पर्ने स–साना समस्यालाई साधारण रुपमा नलिन सबैलाई अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here