पाकिस्तानका नयाँ प्रधानमन्त्रीले सपथ लगत्तै भने-अब छिमेकी सम्बन्धमा नयाँ अभियान थाल्छु

160

पाकिस्तान/ हिजो आइतबार राष्ट्रको नाममा गरेको पहिलो सम्बोधनको क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुकहरुसँगको सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको जनाएका छन् । उनले आफूले आगामी दिनमा पाकिस्तानसँगको छिमेकी मुलुकहरुसँगको सम्बन्ध बलियो रहोस् भन्नेमा ध्यान दिनको लागि निर्देशन दिएको जनाएका छन् । उनले पाकिस्तानलाई अहिले शान्तिको आवश्यकता रहेको र छिमेकी सहयोग विना पाकिस्तानमा शान्ति स्थापना गर्नु कठिन रहेको भन्दै यस्तो अभिव्यक्ति दिएका छन् ।

भारतसँग लामो समयदेखि पाकिस्तानको तिक्तता भए पनि खान खाएपछि क्रिकेट मार्फत नै भारतसँगको सम्बन्ध सुधार गर्न सकिने अपेक्षा गरिएको छ । खानको सपथ ग्रहणमा भारतीय क्रिकेटर नवोजित सिद्धु सहभागी हुन पुगेका थिए । पाकिस्तानको चीनसँगको सम्बन्ध पनि पछिल्लो समय समधुर देखिएको छ । उनले अहिले पाकिस्तानमा देखिएको आर्थिक संकटको कारण यसअघिको सरकार रहेको आरोपसमेत लगाए ।

खानले पछिल्लो १० वर्षको अवधिमा पाकिस्तानको ऋण अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको भन्दै यसअघिको सरकारको आलोचना पनि गरे । उनले पाकिस्तानको आर्थिक समस्या समाधानको लागि भ्रष्टाचार कम गर्ने तथा अन्य आर्थिक सुधारको योजनाहरु ल्याउने जनाए । खानले न्यायपालिका, शिक्षा र स्वास्थ्यको क्षेत्रमा कायापलट ल्याउने किसिमको रुपरेखा तयार पार्ने काम गरिरहेको जनाए । उनले आर्थिक समस्याका साथै पाकिस्तानको मानव विकास सूचकाङ्क पनि कमजोर रहनु समस्याको विषय रहेको जनाए ।

उनले आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री निवासमा ५२४ सेवकका साथै ८० कारहरु रहेको खुलासा गरेका छन् ।
उनले प्रधानमन्त्रीसँग ३३ बुलेटप्रुफ कारहरु पनि रहेको जनाएका छन् ।

इमरान खानको नयाँ सरकार बनेसँगै विदेश मन्त्री शाह महमूद कुरैशीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भेट्न चाहेको सन्देश पठाएको दाबी गरेका छन् ।

विदेश मन्त्री कुरैशीले मोदीले आफ्नो देशका प्रधानमन्त्रीलाई चिट्ठी पठाएर भेटघाट गर्न चाहेको भन्दै निम्ता पठाएको दाबी गरेका हुन् ।

इस्लामाबादमा शपथ ग्रहण लगत्तै कुरैशीले पत्रकार सम्मेलनमा यस्तो जनाएका हुन् । सञ्चार माध्यमहरुमा भने मोदीले प्रधानमन्त्री बनेकोमा इमरान खानलाई चिट्ठी लेखेर बधाई दिएको खबर आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here