बर्दिया : राजापुर नगरपालिका-३ नङगापुर बस्ने ४१ वर्षीय मन्कु थारु सोही स्थानको चटिया तालमा डुबेर मृत्यु भएको अवस्थामा मंगलबार फेला परेका छन् ।
मकवानपुर : भिमफेदी गाउँपालिका-८ पयुरदमारस्थित बागमती नदीमा हाल नाम, थर, वतन नखुलेको अंदाजी ४० वर्षीय पुरुष डुबेर मृत्यु भएको अवस्थामा मंगलबार फेला परेका छन् ।
कंचनपुर : पुनर्बास नगरपालिका-१० चक्मलीस्थित दोदा नदीमा माछा मार्ने क्रममा सोही ठाउँस्थित बिकाश बस्ती बस्ने १४ वर्षीया अन्जली चौधरी र १० वर्षीया माला राना मंगलबार डुबेर असक्त भएकोले स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी उपचारको लागि सेती अंचल अस्पताल धनगढी पठाइएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ ।
मोरङ : बिराटनगर महानगरपालिका-१८ बस्ने २० वर्षीय रमानन्द दास सोही स्थानमा रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा बुधबार फेला परेका छन् ।


















