यही भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रामकहानी’मा पहिलो पटक भिलेनको भूमिकामा हास्यकलाकार जितु नेपाल देखिदैछन् ।
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर यस फिल्ममा चर्चित हास्यकलाकारहरुको पनि बाहुल्यता रहेको यस फिल्ममा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायतका हास्यकलाकारहरुको प्रमुख भूमिका रहेका कारण दर्शकमाझ यो फिल्म थप विशेष बनेको छ ।
‘वाट्स द फ्लप’ शोमा अतिथी भएर गएका उनले ‘रामकहानी’ मा आफू पहिलो पटक भिलेनको भूमिकामा रहेको जितु ले जनाएका छन् । ट्रेलर, गीत र पोस्टरमा देखिएको उनको फरक गेटअपले पनि भिलेनको संकेत भने दिएको थियो ।
होचा कदका उनलाई पहिलो पटक भिलेनको भूमिकामा हेर्न दर्शक निकै प्रतिक्षरत छन् । पूजाको भूत अवतारले दर्शकलाई सरप्राइज बनाइरहँदा जितुले आफ्नो भूमिका खुलाएपछि अझै फिल्मप्रतिको कौतुहलता बढाएको छ । ‘रामकहानी’ को लेखन तथा निर्देशन सुदर्शन थापा आफैंले गरेका हुन् ।


















