कञ्चनपुरका एसपी बिष्टलाई निलम्बन गर्न गृहमन्त्रालयको निर्देशन

110

काठमाडौं । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन जारी रहेको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारीलाई दमन गर्न प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
घटनामा अनुसन्धानको लागि भीमदत्त नगरपालिका १८ बाट रोशनी र बबिता बम पक्राउ परेका छन् । उनीहरु दिदी बहिनी हुन् भने उनीहरु सँगै बस्दै आएका थिए । उनका बाबुआमा भने पहाडको घर दार्चुलामा बस्दै आएका थिए ।

कञ्चनपुरका डिएसपी तथा प्रवक्ता कृष्णराज ओझाले उनीहरुलाई घटनामा उनीहरुको शंकास्पद भूमिका देखिएकाले नियन्त्रणमा लिइएको जनाएका छन् । परिवारका अनुसार साउन १० गते बिहान ११ बजे निर्मला बबिता र रोशनीकहाँ पुगेकी थिइन् । तर, अपराह्न पाँच बजे सम्म पनि निर्मला नफर्किएपछि सोधखोज गर्दा बबिताले यथार्थ जानकारी दिनुको साटो रुखो जवाफमा ‘पोइल गइ होला’ भनेर जवाफ फर्काएकी थिइन् ।

सुरुमा बबिताले निर्मला दुई बजे त्यहाँबाट घर हिँडेको जानकारी दिए पनि पछि ‘ भन्ने रुखो जवाफ फर्काएको जनाइएको छ ।

स्थानीयका अनुसार उनीहरु कहाँ बारम्बार २ युवा पुग्ने गर्दथे । उनीहरु एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज भएको उनीहरुले जानकारी दिएका छन् ।

आरोपी दिदीबहिनी बस्दै आएको घर साढे दुई तल्ले रहेपनि भाडामा दिइएको थिएन । स्थानीयले सुरुदेखि नै त्यही घरबाट अनुसन्धान हुनुपर्ने माग गर्दै आएका थिए । तर, प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्नुको साटो उल्टै एक सुस्त मनस्थितिका मानिसलाई पक्राउ गरेपछि स्थानीय आक्रोशित बन्दै आन्दोलन चर्काएका हुन् । निर्मलाको बलात्कारपछि भएको हत्याबारे छानबिन गर्न सरकारले भदौ ७ मै एक समिति पनि गठन भएको थियो ।

समितिले शुक्रबारदेखि नै अनुसन्धान थालिसकेको छ । यसैबीच एसपी बिष्टलाई निलम्बन गर्न गृह मन्त्रालयले प्रहरी मुख्यालयलाई निर्देशन गरेको छ भने डिएसपी ज्ञान बहादुर सेटी र मुद्धा फाँटका प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रहरी मुख्यालय मै फिर्ता बोलाउने आदेश भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here