कात्तिक १६ मा अनमोलको ‘क्याप्टेन’आउने चर्चा

124

पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिएका सुपरस्टार अभिनेता अनमोल केसी अभिनीत छैटौं फिल्म ‘क्याप्टेन’ को व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ ।

फिल्मको शनिवार सार्वजनिक भएको छ । पोस्टरले फिल्मप्रति झनै कौतुहलता बढाएको छ । यो फिल्म ुक्याप्टेनु मा अनमोलको गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा छ ।

पोस्टर सार्वजनिक भएपनि निर्माण टिमले फिल्मको प्रदर्शन मिति अझै घोषणा गरेको छैन । दीवाकर भट्टराई निर्देशित फिल्मको निर्माण भुवन केसीले गरेका छन् ।

फिल्म कात्तिक १६ मा आउने चर्चा छ भने त्यहिबेला तिर प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म ‘चंगाचेट’ आउने कन्फर्म भइसकेको छ साथै अभिनेत्री रेखा थापाको ‘मालिका’ पनि प्रदर्शनमा आउँदैछ ।

यस फिल्ममा अभिनेता अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदारी गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here