बलिउडका चर्चित अभिनेता अर्जुन कपुर नेपाल आइपुगेका छन् । चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका अर्जुन सोमबार काठमाडौँ अवतरण गर्ना साथ पोखरा सुटिङको लागी पुगिसकेका छन् ।
चलचित्र इण्डियाज् मोस्ट वान्टेटमा अर्जुन एक प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । यो चलचित्रलाई राजकुमार गुप्ताले निर्देशन गरिरहेका छन् ।
नेपाल र दिल्लीमा छायाङ्कन हुने यो चलचित्रको सुटिङ े पोखरामा गर्नेछन भने सुटिङको क्रममा अर्जुन कति समय नेपाल हुनेछन् त्यो भने जनाइएको छैन ।



















