पत्नीपीडितका लागि खुल्यो आश्रम

159

लोग्नेको हिंसाबाट पीडित महिलाहरूका बारेमा विभिन्न घटना सार्वजनिक हुने गरेका छन् । तर, पत्नीबाट पीडित भएका पुरुषहरू भने लोकलाजका डरले आफूमाथि पत्नीले गरिरहेको हिंसा लुकाउन बाध्य हुन्छन् ।

सायद पत्नीपीडित पुरुषहरूको यही पीडालाई ध्यानमा राखेर होला छिमेकी मुलुक भारतमा पत्नीपीडित पुरुषहरूका लागि आश्रम खोलिएको छ ।

भारतको औरंगावादमा यस्तो विशेष आश्रम खुलेको हो । आश्रमका सञ्चालक भारत फुलारे स्वयं पत्नीपीडित हुन् । उनकी श्रीमतीले उनीविरुद्ध १ सय ४७ वटा मुद्दा हालेकी छिन् । पत्नीबाट मुद्दाको भारी बोकेर पीडित हुनुपरेका फुलारेले सन् २०१६ को नोभेम्बर १९ मा पुरुष अधिकार दिवसका दिन उक्त आश्रमको उद्घाटन गरेका हुन् ।

उक्त पत्नीपीडित आश्रममा अहिलेसम्म भारतभरिबाट गरी ५ सयभन्दा धेरै पुरुष आएर परामर्श सेवा लिइसकेको उनी बताउँछन् । कतिपय त सोही आश्रममा बस्ने गरेका छन् । उक्त आश्रममा बस्नका लागि चाहिँ एउटा शर्त छ । त्यस्ता पुरुषहरू मात्र त्यहाँ बस्न पाउँछन्, जो विरुद्धका उनका श्रीमतीले कम्तीमा २० वटा मुद्दा हालेका होऊन् ।

झण्डै १२ सय वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त आश्रममा तीनवटा कोठा छन् । यहाँ हरेक शनिबार र आइतबार पत्नी पीडित पुरुषहरूलाई परामर्श दिइन्छ । आश्रममा बस्ने पुरुषहरूले पैसा जम्मा गरेर यहाँ लाग्ने खर्च जुटाउँछन् । उनीहरू खाना बनाउने लगायतका सबै काम आफैँ गर्छन् ।

सञ्चालक फुलारे आश्रममा आउने सबै पुरुषहरूका मामिला विश्लेषण गर्छन् र कुन विषयमा खास गडबडी रहेछ र कमजोर कडी के रहेछ भन्ने पत्ता लगाउने प्रयास गर्छन् । साथै, पत्नीपीडित पुरुषविरुद्ध लागिरहेको मुद्दाका विषयमा कानुनविद्हरूसँग सल्लाह लिइन्छ । मुद्दाका कारण केही महिनासम्म शहर बाहिर जानुपर्दा उनले आफू जस्तै तीन जना पत्नीपीडित भेटे । त्यसपछि उनलाई पत्नीपीडित पुरुषका लागि आश्रम खोल्ने आइडिया फुरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here