उभिएर पिसाब गर्ने तरिका सिक्दै महिला

225

अष्ट्रियाको ग्रीन पार्टीले महिलालाई उभिएर पिसाब फेर्ने तालिम दिन थालेको छ । ग्रीन पार्टीको विशेष बैठक बसेर पार्टीले महिलाहरूलाई सार्वजनिक शौचालयमा उभिएर कसरी पिसाब फेर्न सकिन्छ भनेर सिकाउन लागेको हो । ग्रीन पार्टीले यस्ता थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले महिलाहरूलाई फाइदा पु¥याउँछ । यो कार्यक्रम सार्वजनिक हुनासाथै विभिन्न सामाजिक सञ्जालमा यसको मजाक बनाइएको थियो । तर, वास्तवमा यो स्वास्थ्यका लागि फलदायी कार्य हो । त्यसै कारण थुप्रै महिलाहरूले भने यस कार्यक्रमको सर्मथन गरिरहेका छन् ।

स्थानीय परामर्शदाता मार्था गुन्जलले जमर्नीको एक समाचार संस्थालाई बताइन् कि उनी सामाजिक सञ्जालको प्रतिक्रिया देखेर अचम्म परिन् । उनले भनिन्, ‘हामी सधैं विवादास्पद विषयमा चर्चा गर्छौं । यो जरुरी छ किनकि यसबारे पहिले कहिल्यै कुरा भएको छैन । यो ट्रेनिङ अनौठो लागे पनि सबै महिलाका लागि फाइदाजनक रहेको छ । यस्ता विषय उठाउनै पर्छ ।’ उनले थप बताइन् कि यसका कारण उनलाई थुप्रै धम्कीहरू पनि आइसकेको छ । यो समाचार नेपालका सन्दर्भमा भने हाँसोको विषय हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here