शरीरको अन्य ठाउँको तुलनामा गुप्ताङ्ग क्षेत्रमा रौंको वृद्धि विकास बढी हुने गर्छ । मानिसले पनि गुप्ताङ्गका रौंहरू पटक पटक खौरिने वा छोट्याउने गर्छन् । तर, यहाँका रौं काट्नु स्वास्थ्यका लागि हानिकार हुने एक अध्ययनले देखाएको छ । यसका पछाडि एक कारण छ, यहाँ रौं काट्नुभन्दा नकाट्नु नै फाइदा हुन्छ । गुप्ताङ्ग क्षेत्रका रौं काटेपछि तपाईलाई सफा र हलुका महसुश गर्नु हुन्छ होला तर, यहाँका रौं नकाट्ने मानिसको तुलनामा तपाइँलाई यौनजन्य संक्रमणको जोखिमको बढी खतरा हुने गर्छ ।
शोधकर्ताका अनुसार गुप्ताङ्ग क्षेत्रका रौं खौरिनु वा छोट्याएमा छाला (त्वचा) फाट्न सक्छ जसका कारण भाइरस आदि सहजै हाम्रो शरीरमा घुस्न सक्छन् । दाह्री काट्नका लागि एउटै औजार (ब्लेड) दुई जनाकाबीच एचआइभी संक्रमणका खतरा हुने जस्तै यो अध्ययनले पनि रौं काट्न वा खौरिन प्रयोग हुने सामग्री एक आपसमा प्रयोग गर्नु खतरा हो भनेको छ ।

















