राष्ट्रिय सम्मानका साथ नेपालका प्रथम गायक हरिप्रसाद रिमालको अन्त्येष्टी

107

काठमाडौं/ कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा उनी अब्बल नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार बानेश्वरस्थित आफ्नो नीजि निवासमा बिहान १ बजेर पाँच मिनेटमा उनको निधन भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रिमालको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । रिमाललाई श्रद्धाञ्जली अर्पण गर्नका लागि कलाकार बसुन्धरा भुसाल, तुलसी घिमिरे, रविन्द्र खड्का, रमेश बुढाथोकी, हरिहर शर्मा लगायतका व्यक्तित्वहरु पशुपति पुगेका थिए ।

वि.सं. २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए। नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गरेका थिए।

उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा अभिनय गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here