‘बाँध मायाले’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

393

अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनीत फिल्म ‘बाँध मायाले’ को ‘कलरफूल’ ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, विछोड, रोदन सबैको समिश्रण रहेको छ । फिल्ममा आर्यन र सृष्टि बीचको प्रेम सम्बन्धले ल्याउने आरोहअवरोहलाई देखाउन खोजिएको छ ।

शिर्ष गीत सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । ट्रेलरमा प्रेमिल संवादहरु बढी प्रयोग गरिएको छ । । पहिलो पटक स्क्रिन साझेदारी गरेका आर्यन र सृष्टि ‘बाँध मायाले’ मा अर्जुन र श्रद्धाको भूमिकामा छन् ।

फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।

यसै फिल्मबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् भने फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय रहेको छ । फिल्मलाई निर्देशन सविर श्रेष्ठले गर्दैछन् ।

‘बाँध मायाले’ को ट्रेलर  (भिडियो सहित) :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here