असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको रेनाशा वान्तवा राई निर्देशित प्रतिक्षीत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को तेस्रो गीत सार्वजनिक भएको छ ।
बुधवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जुरायो जुरायो’ बोलको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको छ ।राजेश पायल राई र मेलिना रार्ईको स्वर रहेको गीतमा फिल्मका दुई लिड कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकार फिचर्ड छन् ।
साम्राज्ञी र सारुकको इन्गेजमेन्ट हुनुअघिको रमझमलाई भिडियोमा उतारिएको छ । गीतमा सेटअपदेखि कलाकारको पहिरनमा विशेष ध्यान दिइएको छ ।
प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरिएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।
आई कोर फिल्मस्को व्यानरमा निर्मित फिल्मका सह(निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।
प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ ।