६६ औं शोभा तिवारी जन्मजयन्तीको अवसरमा गीति संग्रह ‘संगीत र समर्पण’विमोचन

294

नेपाली लोक संगीतमा लामो समयदेखी प्राध्यापन गर्दै आउनुभएका वरिष्ठ लोक बाद्यवादक न्हुच्छे बहादुर डंगोल तथा वरिष्ठ लोक गायीका तीर्थ कुमारी थापालाई आज एक कार्यक्रमबिच सम्मान गरीएको छ ।

नेपाली लोक र आधुनिक संगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुभएकी सह प्राध्यापक नेपाली लोक संगीत/ललितकला क्याम्पस, तथा गायीका शोभा तिवारी लोहनीको ६६ औं जन्मजयन्तीको अवसरमा उहाँहरुलाइ सम्मान गरीएको हो ।

शोभा अर्जुन संगीत कोष र नेपाली लोक बाजा संग्रहालयको संयुक्त आयोजना तथा सांस्कृतिक संस्थानको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा आजै लोहनीद्वारा गाइएका केहि गीतहरु श्रद्धाञ्जली स्वरुप उहाँकै विद्यार्र्थीहरु तथा सांस्कृतिक संस्थानका कलाकारद्धारा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा कालजयी राष्ट्र्यि गीत नेपाल जननी बन्दे, लगाएत आधुनिक गीतहरु जसलाइ मैले जिन्दगी ठानें , बुझ्नै कठिन भैसक्यो, सँधै हरीलो सधैं भरीलो लगायतका विभिन्न गीत प्रस्तुत गरीएको थियो ।

साथै लोहनीले गाएका गीतको संगालीएको गीति संग्रह ‘संगीत र समर्पण’ पनि आजै बिमोचन गरीएको छ । कार्यक्रममा गायीका शोभा तिवारी लोहनीको जिवनमा आधारित निर्माणाधिन बृत्तचित्र ‘शोभाका स्मृतिहरु’का केही झलक पनि प्रस्तुत गरिएको थियो ।

नेपाल सांस्कृतिक संस्थानमा आयोजना गरिएको उक्त कार्यक्रममा गायिका लोहनीका परिवार (दुई छोरी र छोरा बुहारी) ले उनको स्मृतिमा स्थापना गरेको शोभा अर्जुन संगीत कोषको समेत घोषणा गरियो । उक्त कोष यसै वर्षदेखि स्थापना गरिएको हो र सो कोष राशी २ लाख रहेको छ । शोभा अर्जुन संगीत कोष श्रीमान् अर्जुन बाबु तिवारी र शोभा तिवारी लोहनी दम्पत्तिको नाममा स्थापना गरिएको छ ।

छोरा आशिष तिवारी ,बहिनी स्मृती थापालिया तिवारी , बुहारी रोजिना तिवारी ढकाल ,र रीचा शर्मा तिवारी भएर एउटा कोष खोल्ने समेत निर्णय भए बमोजिम शोभा अर्जुन संगीत कोषको नामकरण गरी यसै वर्ष देखी आज देखि गरेको यसै कार्यक्रम मार्फत घोषणा गरीएको छ । कोषको निम्ती २०७५ साल असार ३१ गते नै डार्विन बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कलंकीमा २ लाख रुपैयाँ जम्मा रकम जम्मा भइसकेको छ ।

आजै कोषका लागि गोबिन्द ढकाल र तुलसा ढकालले करीब पचास हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । यसैगरी त्रि वि वि ललितकला क्याम्पस केन्द्रिय विभाग प्रमुख ज्ञानुराधा गोरखालीले बीस हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रम संस्कृतिविद तथा लोकवार्ताविद तुलसी दिवसको प्रमुख आतिथ्यमा राष्ट्र्रिय नाचघर जमलको हलमा सम्पन्न भएको हो ।

शोभा तिवारी लोहनीको ब्यक्तित्व तथा कृतित्वबारे जानकारी
वि.स २००९ साल श्रावण ११ गते डिल्लीबजार काठमाडौमा जन्मिनुभएकी शोभा लोहनीका पिता स्व. कैलाशनाथ लोहनी र माता स्व. राज कुमारी लोहनी हुनुहुन्छ । सानै उमेर देखि गीत संगीत प्रति रुचि राख्ने लोहनीले रेडियो नेपाल र बाल मन्दिर बाट वि.सं २०२२ साल देखी गीत गाउन थाले पश्चात गायन मार्फत उनलाई चिनिन थालिएको थियो । वि.सं २०३६ सालमा अर्जुन बाबु तिवारीसँग विवाह भएपश्चात भने उहाँ शोभा तिवारी लोहनी को नामले नेपाली लोक संगीत को कुशल प्राध्यापक तथा गायिकाको रुपमा चिनिनु भयो । ललितकला क्याम्पसमा आफनो जीवनको अमुल्य ३० वर्षको समय नेपाली लोक गीत संगीतको अध्यापन, अनसन्धान मा नै बिताउन भएकी लोहनीको लोक संगीतापर्ण नामक पुस्तक पनि साझा प्रकाशन बाट प्रकाशित छ । त्यस्तै, लौन गरौँ, नेपाल जननी बन्दे, मेरो दिलको एक ईश्वरलाई, बिर्सेँ पनि मलाई तिमीले, सँधै हरिलो सँधै भरिलो, बुझ्नै कठिन भईसक्यो यहाँ, कलिलो राम्रो हजुरको पाउ, जसलाई मैले जिन्दगी ठानेँ, हे प्रभु कृष्ण लगायतका गीत तथा भजनहरु समेटेर संगीत र समर्पण नामक गीतिसंग्रह समेत तयार गरिएको छ । प्रचारप्रसारमा आउन नरुचाउने उनको बानी भएकाले पनि होला अहिलेका धेरैलाई उहाँको बारेमा जानकारी समेत छैन् । लोकगीत संगीतको खोज, अनुसन्धान तथा प्राध्यापनमा आफ्नो समय खर्च गरिरहेकी लोहनीलाई अचानक वि.स. २०६४–६५ साल स्तन क्यान्सर भएको थाहा भयो । उक्त रोगसँग लड्दा लड्दै वि.सं २०६६ चैत १६ गते उनको निधन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here