शान्तिनगरमा दाङ उवासंघको शाखा गठन

285

दाङ/ दाङ जिल्ला उद्योग वाणिज्य संघको शाखा शान्तिनगर गाऊपालिकामा गठन गरीएको छ । शान्तिनगर गाऊपालिका वडा नं ५ रगैचामा भेलाकोे आयोजना गरी शाखा गठन गरीएको हो ।

भेलाले ज्ञानेन्द्रराज शर्माको अध्यक्षतामा १५ सदस्यी दाङ जिल्ला उद्योग वाणिज्य संघको शान्तिनगर गाऊपालिका स्तरी समिती गठन गरेको हो । समितीको उपाध्यक्षहरुमाकुमारीआशा गौतम, सदिराम वस्नेत,सचिवमा डिल्लीवहादुर खडका, सहसचिवमा भविलाल शर्मा भण्डारी, कोषाध्यक्षमा भरतवीर खडका, सह कोषाध्यक्षमा दुयोधन वली रहेका छन् । सदस्यहरुमा गंगाराम वि.क, गोपाल जैसी, दिलकुमारी केसी, पुर्ण परियार, निर्मल न्यौपाने, इन्द्रवहादुर वली, मोक्तीराम दर्लामी रहेका छन् ।

समितीका सल्लाहाकारमा यामलाल भण्डारी, लक्ष्मण चौधरी, महिला वली रहेका छन् । समितीले शान्तिरनगर गाऊपालिकामा रहेका व्यवसायिहरु लाई एकत्रित गरी व्यवसायिहरुको हितका काम गर्ने दाङ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष तथा पश्चिम क्षेत्र संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए । त्यसैगरेर गाऊपालिकासंग समन्वय गरी विकास तथा सामाजिक कार्यहरुमा संगै अगाडि वढने वुढाथोकीले जानकारी दिए ।

भेला दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवम संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको प्रमुख आतिथ्यता तथा तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष रामप्रसाद चालीसेको विशिष्ठ आतिथ्यतामा भएको थियो । कार्यक्रममा शान्ति नगरगाऊपालिका वडा नं ७ का वडा अध्यक्ष पिमलाल वली, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर आइतवारे, नेकपाकाशेरवहादुर भण्डारी, नेकपाका गोपाल भण्डारी, व्यवसायि ज्ञानेन्द्रराज शर्मा, सुवास स्मृती सहकारी संस्थाका अध्यक्ष यामलाल वली, पत्रकार वालकृष्ण पाण्डे लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रमको विषय वारे संघका उपाध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिएका थिए । कार्यक्रमको सहजिकरण हेमन्त योगीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here