त्रिकोणात्मक प्रेमको कथा ‘गााठो’

305

काठमाडौं/ सुरज भुषालले निर्देशन गरेको चलचित्र गााठो छायांकनको सम्पूर्ण काम सकेर प्रदर्शनको तयारीमा लागेको छ । निर्देशक भुषालका अनुसार उक्त चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । हालै चलचित्र ‘गााठो’ को क्यारेक्टर पोष्टर र एउटा गीत सार्वजनिक भएको छ । यसअघि भुषालले ‘मौन’ र ‘होस्टेल रिटन्र्स’ जस्ता उत्कृष्ट चलचित्रको निर्देशन गरेका थिए । निर्देशक भुषालले डेब्यु निर्देशन ‘मौन’ मा नम्रता श्रेष्ठलाई मुख्य भुमिकामा अभिनय गराएका थिए । यस चलचित्रमा भने उनले नव–नायिका नम्रता श्रेष्ठलाई डेब्यु गराएका छन् । साथै अन्य कलाकारमा नाजिर हुसेन, अभय बराल, अरुणा कोइराला, ध्रुव कार्कीलगायतको मुख्य भूमिका छ । यो चलचित्र भदौ ३१ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here