कथानक चलचित्र ‘चपली हाइट ३’ पुस १५ गते रिलिज

357

काठमाडाैं । यही पुष २ गते रिलिज गर्न लागिएको नेपाली कथानक चलचित्र ‘चपली हाइट ३’को मि ति सारीएको छ ।

दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’ आएको खण्डमा आफूले चलचित्र नै रिलिज नगर्ने बताउँदै आएका निर्माता अर्जुन कुमारले अन्ततः ‘चपली हाइट ३’को प्रदर्शन मिति सारेका छन् ।

चलचित्रको प्रदर्शन मिति दुई सातापछि सारेको निर्माता अर्जुन कुमारले जानकारी गराए । अब यो चलचित्र पुसको १५ गते रिलिज हुने भएको छ ।

‘चपली हाइट ३’ पुस २ गतेबाट रिलिज हुने तयारीमा थियो । तर, यो मितिमा अंग्रेजी चलचित्र ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका हुन् ।

सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रको निर्देशन निकेश खड्काले गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here