सिद्धार्थ बैंकका शाखा प्रबन्धक बलम्पाकी पक्राउ

52

जनकपुर । सिद्धार्थ बैंकका जनकपुरको मिल्स एरियास्थित शाखा प्रबन्धक अरन बलम्पाकीलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका- ८ बस्ने ॠणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै पक्राउ गरेको हो ।

ॠणी कुर्मीले केही वर्षअघि ॠण लिँदा धितोबापत राखेको जनकपुर- ८ कै साढे ८ धुर जग्गा बलम्पाकीले जानकारीबिनै लिलामी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here