शेरबहादुर देउवालाई समर्थन : नेता सिंह

56

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।

मंगलबार प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका प्रधानमन्त्री समेत रहेका देउवासँगको भेटपछि उनले आफ्नो समर्थन देउवालाई रहेको बताएका हुन्।

‘दोस्रो चरणमा जाने भयो। मैले नेतृत्व परिर्वतनको माग गरेर निर्वाचनमा भाग लिएको हो’, उनले भने ‘देशभरीको महाधिवेशन प्रतिनिधिको बहुमत शेरबहादुर देउवालाई स्वीकार्यता देखियो। अहिले पार्टीमा नेतृत्व परिर्वतन गर्नुपर्छ भनेको यसपटक मलाई सहयोग गर्नुस् भन्नु भयो । उहाँले पनि कार्यशैली परिर्वतन गर्नुपर्ने कुरा छ  शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छौं।’

पार्टीको विधान संशोधन र पार्टीभित्र भएको कमिकमजोरीमा सल्लाह गर्छु भनेर देउवाले आश्वासन दिएको सिंहले बताए। भेटमा देउवाले प्रकाशनमानले सदासयता देखाएको बताए। कांग्रेस सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा अब दोस्रो चरणमा निर्वाचन हुने भएको छ।

पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याएका थिए। निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए।  सभापतिका अन्य प्रतिस्पर्धी प्रकाशमान सिंहले ३७१ मत ल्याउँदा विमलेन्द्र निधिले २४९ तथा कल्याण गुरुङले २० मत पाए।

विधान अनुसार दोस्रो चरणमा अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here