काठमाडौं – संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबार(आज)देखि शुरु हुने भएको छ । अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्ने तयारी गरिएको हो ।
अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।
जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।


















