विश्वभर काेभिड १९ काे संक्रमणबाट २ लाख ७० हजारभन्दा बढीको निधन

91
काठमाडाैं – कोरोना भाइरसबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । एजेन्सीहरुले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २ लाख ७० हजारभन्दा बढीको संक्रमणबाट निधन भइसकेको छ ।

सबैभन्दा बढी अमेरिकामा १२ लाख ९२ हजार संक्रमित भइसकेका छन् । त्यहाँ ७६ हजारको संक्रमणबाट मृत्यु भएको छ ।

स्पेनमा संक्रमित संख्या २ लाख ५६ हजार पुगेको छ । इटालीमा २ लाख १५ हजार र बेलायतमा २ लाख ६ हजार संक्रमित संख्या छ । रुसमा १ लाख ७७ हजार र फ्रान्समा १ लाख ७४ हजार संक्रमित भइसकेका छन् ।

चीनमा ८२ हजार र भारतमा ५६ हजार संक्रमित भएका छन् । भारतमा १८ सय मानिसको संक्रमणका कारण मृत्यु भइसकेको छ । नेपालमा १०१ जना संक्रमित भएका छन् । भुटानमा ७ जना संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here