प्रहरीले मास्क नलगाई  सडकमा हिँड्ने ३५४ जनालाई नियन्त्रणमा

165

गुल्मी/गुल्मीमा मास्क नलगाई  सडकमा लखरलखर हिँड्ने ३५४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  प्रहरीले  उनीहरूलाई १५ मिनेट नियन्त्रणमा लिई सम्झाई बुझाई मास्क लगाएर पठाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले सडकमा हिँड्ने र सवा साधनमा यात्रा गर्नेहरूले मास्क नलगाएको पाइएकाले मास्क लगाएपश्चात्  १५ मिनेट सम्झाइ बुझाइ मात्र पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। ३५४ जनामा सडकमा मास्क नलगाई हिँड्ने बढी रहेको र मोटरसाइकल चालकदेखि अन्य सवारी चालकहरु पनि रहेको प्रहरीले जनाएको छ।

कोरोना माहामारीको समयमा सबैलाई मास्क लगाउन आग्रह गरिएको र यदि कसैले अटेर गरेमा उनीहरूलाई कानुनअनुसारको कारबाही गर्ने पनि प्रहरीले जनाएको छ।

यस्तै, ट्राफिक प्रहरीले सवारी साधनहरूमा समेत चेकजाँचमा कडाइ गरेको छ। सवारीसाधनहरुले सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको र मास्क लगाएको नलागाएको बारेमा पनि चेक जाँच गरिएको ट्राफिक प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए।

गुल्मीमा अहिले संक्रिय संक्रमितको संख्या २१३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। संक्रमण कारण पछिल्लो चरणमा ७ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।

यस्तै, गुल्मीमा शनिबार (आज) राति १२ बजेदेखि २५ गते राति १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले जारी गरेको निषेधाज्ञा  अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here