जापान । जापानमा कुक पेशामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको हृदयघातका कारण निधन भएको हो ।
जापानको सिनगावा नजिकै श्रीमतीसँगै बस्दै आएका चोखालको नेपालमा एक छोरीसमेत रहेकी छन् ।
स्वर्गीय चोखालको मार्च ११ जापानमै अन्तिम संस्कार गरिने एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेले जानकारी दिए ।


















