राप्रपा एमसीसीको विपक्षमा : राजेन्द्र लिङ्देन

114

काठमाडौं । राप्रपाका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देनले आफ्नो पार्टी यथास्थितिमा एमसीसीको विपक्षमा रहेको बताएका छन्।

प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले देश र जनतालाई विभाजित गर्ने खालको क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नहुने बताए।

लिङ्देनले मतदानमा सहभागी हुने वा नहुने भन्ने बारेमा मतदानको क्षण आएपछि टुंगो लगाउने बताए। तर, पक्षमा मतदान नगर्ने उनको भनाइ छ।

लिङ्देनले ठूला दलो आलोकाँचो व्यवहारका कारण परराष्ट्र सन्तुलन बिग्रिएको बताए। ‘राप्रपाले निरन्तर रुपमा भनिराखेको छ, खासगरी ठूला राजनीतिक दलहरुको केटाकेटीपनका कारण, आलोकाँचो व्यवहारका कारण परराष्ट्र नीतिमा सन्तुलन बिग्रियो। उनीहरुको केटाकेटी क्रियाकलापका कारण शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलका रुपमा देश परिणत भएको छ’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here