प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन शुरु

359

वीरगञ्ज / प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।

हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन् । आयोगले प्रदेश नं २ को आठ वटै जिल्लामा सुझाव सङ्कलन गरी ४५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछन् ।

यसै क्रममा संवाद तथा सुझाव आयोगले आज वीरगञ्जमा प्रदेश नं २ को प्रदेश राजधानी र प्रदेशको नामाङ्कन सम्बन्धित सुझाव सङ्कलन कार्यको थालनी गर्दै एक कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा अधिकांश राजनीतिक दलका प्रतिनिधिहरुले धार्मिक दृष्टिकोणले जनकपुर धार्मिकस्थल भए पनि आर्थिक दृष्टिकोणले वीरगञ्ज समृद्ध भएको, अन्तर्राष्ट्रिय मापदण्ड वीरगञ्जमा भएको, मधेश आन्दोलनको उद्गमस्थल वीरगञ्ज भएको धार्मिक, ऐतिहासिक तथा आर्थिक रुपमा सबल भएकाले प्रदेश नंं २ को स्थायी राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा विभिन्न वक्ताले प्रदेश नं २ को नाम—जानकी प्रदेश, मध्य मधेश प्रदेश, भोजपुरा मधेश, मधेश प्रदेश, मध्यमाञ्चल प्रदेश हुनुपर्ने सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here