चितवनमा जनप्रतिनिधिबाट पत्रकार कुटिए

124

चितवन । गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिबाट जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुट्पिट भएको छ । नगरपालिकाले शुक्रबार आयोजना गरेको कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न पुगेका गोर्खालीमाथि कुटपिट भएको हो ।

गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि मोबाइलमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले कुटेका हुन् । गोर्खालीको मोबाइल र डायरी पनि खोसिएको छ । घटनाका बारेमा पत्रकार सम्बद्ध सङ्घ सङ्गठनले विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार सङ्गठन चितवनले विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बैठकपछि आफू बाहिर निस्किएलगत्तै भित्र घटना भएको भन्दै सोकोे नैतिक जिम्मेवारी लिँदै क्षमायाचना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here