जनमैत्रीको तीज गीत नृत्य प्रतियोगितामा सोनिशाको नृत्य अब्बल (भिडियो सहित)

255

काठमाडौं । कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पसले तीज गीत नृत्य प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । तीजको अवसर पारेर क्याम्पसका विभिन्न संकायमा अध्ययन गर्ने छात्राहरुबीच आज २६ गते तीज गीत नृत्य प्रतियोगिता कार्यक्रम गरिएको हो ।

प्रतियोगितामा छात्राहरुले एकल नृत्य र सामुहिक नृत्य प्रस्तुत गरेका थिए । एकल नृत्यतर्फ प्रथम सोनिशा भण्डारी, द्वितीय लक्ष्मी कार्की र तृतीय दया मगर भएका छन् भने सामुहिक नृत्यमा एउटा समुह मात्र पुरस्कारकालागि छनोट भएको छ ।

छनोट भएको समुहका तर्फबाट नृत्य गर्नेहरु सोनिशा भण्डारी, प्रणिसा थापा, प्रतिमा श्रेष्ठ र पुष्पा सापकोटा रहेका छन् ।

एकल नुत्यतर्फका प्रथम, द्वितीय र तृतीयलाई जनही रु. ३,०००/-, २,०००/- र १,०००/- पुरस्कारद्वारा सम्मान गरिएको छ । त्यस्तै सामुहिक नृत्यमा पुरस्कार प्राप्त गर्न सफल समुहलाई रु. ३०००/- ले सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here