जोशीलाई महाअभियोग लगाउने सांसदबाटै चेतावनी

203

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दीपकराज जोशीलाई सर्वोच्चमा फर्किए महाअभियोगको सामना गर्न तयार रहन चेतावनी दिएको छ।

संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेको व्यक्ति न्यायाधीशका लागि अयोग्य हुने भएकाले सर्वोच्च फर्कन नमिल्ने
तर्क गर्दै नेकपाका सांसदहरुले जोशीलाई महाअभियोग लगाउने सन्देशसमेत पठाएका छन्।

एक कर्मचारीमार्फत जोशीलाई सुनाइदिनु भनी ुकि त महाअभियोगका लागि तयार रहन नत्र अदालत नफर्कनु भनिएको स्रोतले जनाएको छ ।

जोशीले प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई आफैले सर्वोच्च परिसरमा स्वागत गरेका थिए।

नेकपाका एक नेताले हिजै जोशीलाई महाअभियोग लाग्ने सन्देश अदालतका एक कर्मचारीमार्फत पठाएको जनाए । पहिलो विकल्पको रुपमा राजीनामा गरेर अदालत र आफ्नो गरिमा बचाउन समेत उनीहरुको सन्देशमा भनिएको छ। तर राजीनामा दिने कुरामा जोशीले अस्वीकार गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here