विकास र सृमद्धि भनेको नै सामाजवाद : गृहमन्त्री थापा

309

काठमाडौं/ काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले आयोजना गरिएको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको जनाएका छन् ।

उनले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

‘विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ ।’ उनले भने ।

उनले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने जनाए ।

जिल्ला सहकारी सङ्घले प्रकाशन गरेको सहकारीसम्बन्धी पुस्तक जुइनोको दोस्रो अङ्क विमोचन गर्दै गृहमन्त्री थापाबाट कार्यक्रममा जिल्ला सहकारी सङ्घको स्थापनाकालदेखि महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति र सङ्घ/संस्थालाई सम्मान गरिएको थियो ।

सोही अवसरमा उनले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको जनाउँदै पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here