महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने

477

दाङ/ मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा १ करोड दीप प्रज्वलन गरिने भएको छ ।

प्रेरणाकालागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण गयिररहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा हुने ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा १ करोड दीप प्रज्वलन गरिने आयोजक मूल समितिले जानकारी दिएको छ ।

महायज्ञको आठौं दिने एक करोड दी प्रज्वलन गरिने आयोजक मूल समितिका संयोजक रुपा वलीले जानकारी दिनुभयो । आठौं दिन असोज ८ गते अपराह्न ४ बजे एक करोड दीप प्रज्वलन गरिने उहाँले जनाउनुभयो । साथै अफ्ना पितृहरुको सम्झनामा स्वईच्छाले सम्पूर्ण भक्तजनहरुले सो अवसरमा दीप प्रज्वलन गर्न सकीने आयोजकले जनाएको छ ।

 पश्चीम नेपालमा पहिलोपटक हुन लागेको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा एक करोड दीप प्रज्वनलनकासाथै १ सय ८ किलोको लड्डु प्रदर्शन, १ हजार ८ शालीग्राम परिक्रमा, १ हजार ८ कन्या पूजा लगायतका कार्यक्रमहरु पनि मुख्य अकर्षणको रुपमा हुने महायज्ञका निर्देशनक डा. भोलानाथ योगीले जानकारी दिनुभयो ।

१ सय ८ भागवत संकल्पकर्ता डिला पाण्डेको संकल्प अनुसार दाङमा हुने महायज्ञको मुख्य कथावचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहनुहुने छ ।

महायज्ञको हरेक दिन विहान साढे ७ बजेदेखी हवन्, विहान साढे १० बजेदेखी कथा वाचन र बेलुका ६ बजेदेखी महात्म्य कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । महायज्ञका उपस्थितिकालागि आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here