एक हप्ताको अन्तरमा विल्सनका दुई फिल्म प्रदर्शनमा

232

लामो समय पर्दामा नदेखिएका हांस्यकलाकार विल्सन विक्रम राईको यही भाद्रमा एक हप्ताको अन्तरमा दुई फिल्म प्रदर्शन भएका छन् ।

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ ले पहिलो र दोस्रो दिनमा ९५ लाख माथिको कमाई गरेको छ भने आज शुक्रवारबाट उनको नयाँ फिल्म ‘साली कस्को भेनाको’ प्रदर्शनमा आएको छ । दुबै फिल्ममा उनको लिड रोल छ ।

यस हप्ताको शुक्रवार ‘साली कस्को भेनाको’ बाहेक अन्य फिल्म प्रदर्शनमा आएका छैनन् । हरेक हप्ता दुई बढी फिल्मको भिडन्त हुँदै आएको चलचित्रमा यो हप्ता फिल्म ‘रोज’ र ‘रामकहानी’को प्रदर्शनले गर्दा अन्य फिल्मको भिडभाड देखिएको छैन ।

भद्र भुजेलको निर्देशन रहेको फिल्म साली कस्को भेनाकोु लाई पुराना निर्माता प्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । मगर जातीको संस्कृतिमा साली र भेनाको सम्बन्धलाई देखाइएको छ ।

फिल्ममा विल्सनका अलावा सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, देव सागरलगायतका कलाकारहरुको अभिनय छ । गएको हप्ता प्रदर्शनमा आएका दुई ठूला फिल्मका कारण उक्त फिल्मले निकै कम हल पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here